सय किलो सुन प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

हिमाल प्रेस २६ साउन २०८० १५:५५
94
SHARES
सय किलो सुन प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

काठमाडौँ– सय किलो सुन प्रकरणको अनुसन्धानका लागि प्रहरीले व्यापारी रोहन अडुकियालाई पक्राउ गरेको छ। दिल्लीबाट इन्डिगो एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ बजे ओर्लिने बित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका ३० वर्षीय अडुकिलाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ। गत साउन ३ गते हङकङ हुँदै नेपाल भित्रिएको १०० केजी सुन प्रकरणमा भरिया र व्यापारीहरु पक्राउ पर्ने क्रम जारी छ। अहिले यो प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ।

गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार पास गरेर ट्याक्सीमा लोड गरेको अवस्थामा सय किलो सुन भन्सार विभागले बरामद गरेको थियो।

 

प्रकाशित: २६ साउन २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast