टेलिकमले हरायो १० लाखको रिचार्ज कार्ड

हिमाल प्रेस २४ साउन २०८० ८:१८
28
SHARES
टेलिकमले हरायो १० लाखको रिचार्ज कार्ड

काठमाडौँ– नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। ढुवानी गर्ने क्रममा ती कार्ड हराएको टेलिकमले जनाएको छ। टेलिकमले बुधबार जारी गरेको सूचनामा ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको उल्लेख छ।

टेलिकमका अनुसार स नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएका हुन्।  ती कार्ड खरिद नगर्नसमेत टेलिकमले अनुरोध गरेको छ। टेलिकमले  ती कार्ड कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाउन पनि अनुरोध गरेको छ।

प्रकाशित: २४ साउन २०८० ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =