नेशनल लाईफ इन्स्योरेन्सको ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न

हिमाल प्रेस २३ साउन २०८० १८:३३
10
SHARES
नेशनल लाईफ इन्स्योरेन्सको ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेस लडर्स कन्क्लेभ’ सम्पन्न भएको छ। ‘सिफ्टिङ द पाराडाइम’ नारासहित कम्पनीले चारदिने वार्षिक सम्मेलन एनुअल विजनेस लिडर्स कन्क्लेभ’ पोखरामा सम्पन्न गरेको हो।

सम्मेलनमा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखालाई सम्मानसहित पुरस्कृत गरेको छ। कम्पनीको व्यवसायसँग सम्वन्धित पाटोबारे विवेचना गरी आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन गरिएको थियो।

सम्मेलन गत बिहीबारदेखि आइतबारसम्म गरिएको हो। सम्मेलनमा कम्पनीका विभागीय प्रमुख, प्रदेश कार्यालय प्रमुख, कर्मचारीलगायत १५० जनाभन्दा बढीको सहभागिता थियो।

सम्मेलनको समुद्घाटनमा प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बिमा व्यवसाय दिनप्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेकोमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनीमाथि आएको बताए।

प्रकाशित: २३ साउन २०८० १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =