सदनको गतिरोध हटाउन छलफलमा दल

हिमाल प्रेस २३ साउन २०८० ११:३६
6
SHARES
सदनको गतिरोध हटाउन छलफलमा दल

काठमाडौँ- नेकपा एमालेले निरन्तर गर्दै आएको संसद् अवरोध हटाउन मुख्य तीन दलका नेताहरू छलफलमा जुटेका छन्। सभामुख देवराज घिमिरेसहित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू छन्।

सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग राख्दै एमालेले संसद् अवरोध गरिरहेको छ। नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग नछाडेको एमाले सचेतक महेश बर्तौला बताउँछन्।

‘सरकारको उच्च कमजोरी, चरम लापरबाही र मिलेमतोकै कारण पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय तस्कर र माफियाहरूले स्वार्थ अनुरूप अवैध कारोबारको लागि स्वर्ग बनाउदै छन्।’

बर्तौला भन्छन्,‘आज बालुवाटारमा हुने बैठकलाई उपयुक्त निर्णयमा पुर्‍याउन सरकार गम्भीर हुनेछ र सरकार स्वयंले अतिरिक्त अडान लिएर बस्ने छैन भन्ने विश्वास रहेको छ।’

प्रकाशित: २३ साउन २०८० ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =