काठमाडौँ- फिफा विश्व कप-२०२६ छनोटअन्तर्गत प्रारम्भिक खेलका लागि नेपालले म्यानमारको सामना गर्नुपर्ने छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्नुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ।
नेपालले अक्टोबर १२ र १७ मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्नेछ। नेपालले अक्टोबर दोस्रो साता विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग होम एन्ड अवे पद्दतिमा प्लेअफ खेल्दैछ।
प्रकाशित: २३ साउन २०८० ९:१८
प्रतिक्रिया