एमाले गण्डकीको अधिवेशन आउँदो असोज १५ र १६ मा

हिमाल प्रेस २३ साउन २०८० ७:५९
6
SHARES
एमाले गण्डकीको अधिवेशन आउँदो असोज १५ र १६ मा नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमाले गण्डकीले आउँदो असोज १५ र १६ गते पहिलो अधिवेशन गर्ने भएको छ।

सोमबार बसेको एमाले गण्डकीको पूर्ण बैठकले नयाँ नेतृत्व चयन गर्ने एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए। अहिले म्याग्दीका नवराज शर्मा अध्यक्ष रहेका छन्।

संघीयतामा गएसँगै एमालेले अञ्चल कमिटीलाई प्रदेशमा रुपान्तरण गरेको हो। बैठकले जनवर्गी संगठनका अधिवेशन सम्पन्न गर्दै सदस्यता बिस्तार अभियान तीव्रताका साथ अगाडी बढाउने निर्णय गरेको उपसचिव रश्मी आचार्यले बताए।

महासचिव शंकर पोखरेलले उद्घाटन गरेका कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव एवं गण्डकीका इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतका नेताहरूले एमालेको भावी रणनीति र संगठन सदृढीकरणबारे प्रशिक्षण दिएका थिए।

प्रकाशित: २३ साउन २०८० ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =