काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ।
दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्राछात्रहरुलाई प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहमा निशुल्क अध्ययन गर्न छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो।
नेपाल सरकारको बजेट तथा कार्यक्रममा व्यवस्था भए बामोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्राछात्रहरुलाई निर्धारित कोटामा प्रि डिप्लोमा १२० जना र डिप्लोमा÷प्रमाणपत्र तहमा २८० जनालाई विशेष छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।
सीटीईभीटीले साउन २३ गतेदेखि भदौं ८ गतेभित्र आवेदन दिन सूचित गरेको छ। साथै भदौं १६ गते बिहान ११ बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ ।