भारी वर्षा भइरहेछ, दिउँसो १ बजेसम्म बाहिर उच्च सतर्कता अपनाउनुहोला : मौसम विज्ञान विभाग

हिमाल प्रेस २३ साउन २०८० ७:११
20
SHARES
भारी वर्षा भइरहेछ, दिउँसो १ बजेसम्म बाहिर उच्च सतर्कता अपनाउनुहोला : मौसम विज्ञान विभाग

काठमाडौँ- काठमाडौँमा भारी वर्षा हुँदा नदीहरूमा जलसतह बढेको छ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको जनाएको छ ।

भारी वर्षाका कारण विष्णुमती, धोवीखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कताको तहमा पुगेकोले नदीतटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले चेतावनी दिएको छ।

यस्तै बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपासमा पनि भारी वर्षा भएको छ। यी क्षेत्रमा थप वर्षा हुने देखिएको मौसमविद्ले बताएका छन्।

कोखाजोर खोला, मरिन खोला र आसपासका ससाना खोलामा अकस्मात बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहने विभागले जनाएको छ। यी क्षेत्रमा आज दिउँसो १ बजे सम्म उच्च सतर्कताका अपनाउन विभागले आग्रह गरेको छ।

 

प्रकाशित: २३ साउन २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast