सामसङ ग्यालेक्सी ‘जेड फ्लिप ५’ र ग्यालेक्सी ‘जेड फोल्ड ५’को प्रिअर्डर सुरु

हिमाल प्रेस २२ साउन २०८० २१:१८
6
SHARES
सामसङ ग्यालेक्सी ‘जेड फ्लिप ५’ र ग्यालेक्सी ‘जेड फोल्ड ५’को प्रिअर्डर सुरु

काठमाडौँ- सामसङको गलेक्सी ‘जेड फ्लिप ५’ र ग्लोक्सी ‘जेड फोल्ड ५’को नेपालमा प्रिअर्डर सुरु गरिएको छ। सामसङ नेपालले सोमबारदेखि आफ्ना पाँचौँ पुस्ताका ग्यालेक्सी फोल्डेबल उक्त सेटहरूको प्रिअर्डर गर्न सकिने जानकारी दिएको छ।

स्लीक, कम्प्याक्ट डिजाइन, अनगिन्ती अप्सन्स र शक्तिशाली पर्फरमेन्ससहित उक्त स्मार्टफोन बजारमा ल्याइएका कम्पनीले जानकारी दिएको छ। ‘यी अतुलनीय फोल्ड गर्न मिल्ने मोबाइलहरूमा असाधारण क्यामरा क्षमता जडित छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फरमेन्ससहित सामसङ ग्यालेक्सी जेड सिरिजले स्मार्टफोनसँग हुने सम्भावना रुपान्तरण गरेको छ।’

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५को बजारमा अहिले बिक्री सुरु नभए पनि ग्राहकले सोमबारदेखि नै प्रिअर्डर गर्न सक्ने तथा प्रिअर्डरसँगै प्रिगिफ्ट पाउन सक्ने कम्पनीको भनाइ छ।

नेपाली बजारमा ग्यालेक्सी जेड फ्लिप ५को मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५को मूल्य २ लाख २६ हजार ९९९ रुपैयाँ रहेको छ।

प्रकाशित: २२ साउन २०८० २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =