क्रिकेट एसिया कप नजिकिँदा नेपालबाहेकका सबै टिम व्यस्त

हिमाल प्रेस २२ साउन २०८० १७:५७
20
SHARES
क्रिकेट एसिया कप नजिकिँदा नेपालबाहेकका सबै टिम व्यस्त

काठमाडौँ- पाकिस्तानको आयोजनामा यही अगस्ट ३० तारिखदेखि एक दिवसीय क्रिकेट एसिया कप हुँदैछ। नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश र अफगानस्तानसहित ६ टिम सहभागी हुने प्रतियोगिताको पहिलो खेल ३० अगस्टमा नेपाल र पाकिस्तानबीच हुने तालिका छ।

एसिया कप सुरु हुनुअघि एसिया कपमा सहभागी हुने सबै टिम विभिन्न प्रतियोगितामा व्यस्त छन्। श्रीलंकाको टिम यतिबेला लंका प्रिमियर लिग (एलपीएल)मा व्यस्त छ। भारत वेस्ट इन्डिजसँग टेस्ट, एक दिवसीय र टी–२० सिरिज खेल्न वेस्टइन्डिजमा छ। टेस्ट र एक दिवसीय सकेर दुवै टिमबीच अहिले टी–२० श्रृंखला चलिरहेको छ। यसपछि अगस्ट १८ तारिखदेखि २३ तारिखसम्म तीन टी–२० खेल्न भारतको टिम आयरल्यान्ड जाने तय गरिएको छ।

यही अगस्ट २२ तारिदेखि २६ तारिखसम्म पाकिस्तान र अफगानस्तानबीच तीन खेलको एक दिवसीय श्रृंखला तय गरिएको छ। यसअघि अफगानस्तानले गत जुनमा बंगलबादेशसँग एक टेस्ट, तीन एक दिवसीय र दुई टी–२० खेलेको थियो।

उसो त नेपालले पनि गत जुलाईमा एसीसी इमर्जिङ कपमा भारत, पाकिस्तान र यूएईका ‘ए’ टिमसँग खेलेको थियो। त्यसपछि श्रीलंकामा विशेष अभ्यास गरेर फर्किएको टिम एसिया कप नजिकिएसँगै थन्किएको छ। यद्यपि चीनमा हुने एसियाली खेलकुदका लागि अभ्यास गर्न नेपाल क्रिकेट संघ (क्यान)ले ६ जना खेलाडीलाई भारत पठाएको छ।

एसिया कपको तालिका सार्वजनिक, पहिलो खेल नेपाल-पाकिस्तानबीच हुने

प्रकाशित: २२ साउन २०८० १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast