संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई प्रचण्डको निर्देशन

हिमाल प्रेस २२ साउन २०८० ११:३०
2
SHARE
संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई प्रचण्डको निर्देशन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा पार्टीका सांसदहरूलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन्।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘दलका नेता समेत रहनुभएका प्रधानमन्त्रीले संघीय संसदमा सांसदको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिए।

संसदीय समितिका सभापति चयनका बारेमा समेत बिफिङ गर्नुभयो’,बैठकपछि पाण्डेले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘संसद् खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिन्छ र संसद् अवरोध हट्छ भन्ने हामीलाई विश्वास छ।’

बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएको पाण्डेको भनाइ छ।

त्यसक्रममा श्रेष्ठले सरकारले तीनवटा विधेयक (संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धी विधेयक)दर्ता गर्ने तयारीमा रहेको जानकारी समेत गराएका छन्।

प्रकाशित: २२ साउन २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =