बुद्ध एयरकाे वेबसाइटबाट टिकट काट्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

हिमाल प्रेस २१ साउन २०८० २०:३८
12
SHARES
बुद्ध एयरकाे वेबसाइटबाट टिकट काट्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

काठमाडौँ-  बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ। त्यसका लागि आइएमई पे र बुद्ध एयरबीच आइतबार सम्झाैता गरिएकाे छ। सम्झाैतासँगै सेवा शुभारम्भ गरिएकाे हाे।

सम्झौताअनुसार यात्रुले टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने बताइएकाे छ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नवप्रबर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने, साथै आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभव थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको हाे,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने।

प्रकाशित: २१ साउन २०८० २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =