महिला टी-ट्वान्टी विश्वकप : एसिया छनोटका लागि सल्लाहकार प्रशिक्षकमा भारतकी देविका

हिमाल प्रेस २१ साउन २०८० १६:४४
38
SHARES
महिला टी-ट्वान्टी विश्वकप : एसिया छनोटका लागि सल्लाहकार प्रशिक्षकमा भारतकी देविका

काठमाडाैँ- आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका लागि नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देविका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ।

भारत र बंगलादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्यान्ट प्रशिक्षकको रूपमा आइतबार नियुक्त गरिएको हाे। देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन्।

देविका सन् २०१४ देखि २०१६ सम्म भारतीय महिला क्रिकेट सहायक प्रशिक्षक थिइन्। उनी २०१८ मा बंगलादेशको सहायक प्रशिक्षक बनेकी थिइन्। मलेसियामा यही अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर ९ तारिखसम्म हुने आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (यूएई) र कतार छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन्। छनोट हुने नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीसहित सीता रानामगर, ईन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का रहेका छन्।

त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैसी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगाेल, मनिषा चौधरी, ज्योति पाण्डे र रुबि पोद्धार रहेका छन्।

महिला टी २० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा

प्रकाशित: २१ साउन २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =