माओवादीले घोषणा गर्‍यो तीन महिने रुपान्तरण अभियान

हिमाल प्रेस २१ साउन २०८० १६:३२
22
SHARES
माओवादीले घोषणा गर्‍यो तीन महिने रुपान्तरण अभियान

काठमाडौँ- नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान घोषणा गरेको छ। माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्णय गरेको हो। अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन हुनेछ।

अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् । ‘नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमामा परिचालन हुने छ । अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने काम हुनेछ’ केन्द्रीय सदस्य राजन दाहालले भने, ‘सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदा नगर्ने अभियान छ पार्टी पङ्तीलाई सहभागी गराउन काम हुनेछ । ‘

दाहालका अनुसार पार्टी काम सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने रहेको बताए । अध्यक्ष दाहालले यो समयमा देशका कुनै पनि घर बाँकी नरहने गरी जनतासँग भेट्न पनि निर्देशन दिएका छन्।

प्रकाशित: २१ साउन २०८० १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast