‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन

हिमाल प्रेस २१ साउन २०८० १५:४०
8
SHARES
‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन गरेका छन्। परियार समाजद्वारा यहाँ आज आयोजित ‘बिसे नगर्ची विशेषांक स्मारिकाको विमोचन’ कार्यक्रममा मन्त्री किरातीले उक्त पुस्तक विमोचन गरेका हुन्।

समाजले गोरखा नगरपालिकाको सहकार्यमा विसं २०७५ साउन १८ गते नगरपालिकाको ऐतिहासिकस्थल गोरखा दरबार नजिकै ‘बिसे नगर्ची’ को सालिक स्थापना भएको छैटौँ वर्ष प्रवेशको अवसरमा बिसे नगर्ची तथा परियार जातिसम्बन्धी खोजमुलक ‘बिसे नगर्ची विशेषाङ्क’ प्रकाशन गरिएको हो।

पुस्तकमा परियार जातिको परिचय, परिचान र बिसे नगर्चीको योगदानको विरासतलाई बचाउन परियार जातिका विविध पक्षको जानकारी र बिसे नगर्चीको इतिहास खोजबिन गरी समावेश गरिएको छ। गोरखाका बिसे नगर्चीले राजा पृथ्वीनारायण शाहलाई एकीकरणको अभियानमा आर्थिक सल्लाह दिई अहिलेको विशाल नेपाल निर्माणमा महत्वपूर्ण योगदान दिएको पुस्तकमा उल्लेख छ ।

सोही अवसरमा पर्यटनमन्त्री किरातीले बिसे नगर्चीको योगदान ओझेलमा परेको उल्लेख गर्दै सरकारले बिसे नगर्चीको नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘ नेपाली समाजको प्राज्ञिक अध्ययन नभएका कारण पनि बिसे नगर्चीको योगदान ओझेलमा परेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।

समाजले काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकामा ‘बिसे नगर्ची’ को सालिक निर्माण गरेर योगदान गरेबापत जागरण मिडिया सेन्टरका सचिव दिनेश परियारलाई सम्मान गरेको थियो।

प्रकाशित: २१ साउन २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast