काठमाडौँ- भिभोले वाइ सिरिजमा नयाँं मोडलको ‘वाइ २७’ स्मार्टफाेन नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्ससहित ‘वाइ२७’ नेपाली बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।
‘डुअल रिङ डिजाइन र २.५ डी फ्ल्याट फ्रेम रहेको यो वाइ२७ हेदै अरु स्मार्टफोन मोडलहरूभन्दा अलग देखिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। स्मार्टफोनको उक्त पहिचानले छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ।
४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५००० एमएएचको ब्याट्री छ। त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि छ। ६ जीबी र्याम र ६ जीबीको एक्स्टेन्डेड र्याम भएकोले एपहरू स्विच गरिरहनुपर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि फोन उपयोगी हुने कम्पनीको भनाइ छ। नेपाली बजारमा उक्त स्मार्टफोनको मूल्य २३ हजार ९९९ रुपैयाँ रहेको छ।