एसएमएसमार्फत बाढी पूर्वसूचना दिँदै एनसेल

हिमाल प्रेस २१ साउन २०८० १२:२५
एसएमएसमार्फत बाढी पूर्वसूचना दिँदै एनसेल

काठमाडौँ- एनसेलले हरेक वर्ष बाढी पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न एसएमएसमार्फत पूर्वसूचना प्रवाह गर्दै आइरहेको छ।

यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि दुई महिनामा ४४ लाख वटाभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएस प्रवाह गरेको छ।

यो वर्ष एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरिएका क्षेत्रमा नारायणी, कंकाई, बागमती, बबई, राप्ती, कोशी, कर्णालीलगायत मुख्य नदीका तटीय क्षेत्रमा रहेका समुदाय छन्।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि पूर्वसूचना प्रवाह गर्दै आएको छ।

पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरूलाई समयमा आवश्यक कार्य गर्न सहयोग पुर्‍याउँछ। पानीको सतह सामान्य अवस्थामा फर्किएपछि तत्काल कुनै खतरा नरहेको जानकारी पनि एसएमएसमार्फत पाउँछन्।

जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्री स्टेसनमार्फत नदीमा पानीको सहतको अनुगमन गर्छ। विभागले त्यसको जोखिमका आधारमा भिन्नाभिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ।

त्यसै अनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ। ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर हो। यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिति र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ।

प्रकाशित: २१ साउन २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast