हिमालय एअरलाइन्स्‌द्वारा लवप्रसाद बालगृहलाई आर्थिक सहयोग

हिमाल प्रेस १९ साउन २०८० १२:३४
6
SHARES
हिमालय एअरलाइन्स्‌द्वारा लवप्रसाद बालगृहलाई आर्थिक सहयोग

काठमाडौँ- हिमालय एअरलाइन्स्‌ले संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।

बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको कम्पनीले जानकारी दिएको छ।

एअरलाइन्स्‌का अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई ३ लाख ९६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

यस बाहेक भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केटबल, लुडो, स्किपिङ रोप, हुला हूपजस्ता खेलकुदका सामग्री पनि सहयोग गरेको बैंकले जानकारी दिएको छ।

सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषण गर्दै आएको छ।

प्रकाशित: १९ साउन २०८० १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast