
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।
बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिट्ब्युरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए।
स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। पोलिटब्युरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए।
प्रकाशित: १९ साउन २०८० ११:३१
प्रतिक्रिया