काठमाडौँ- नेपाल मर्चेण्ट बैंकर्स संघको संयोजकत्वमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी एकाई तथा नेपाल धितोपत्र बोर्ड सँगको सहकार्यमा बिहीबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा ‘ए एमएल/सिएफटी र गो ए एम एल एप्लिकेसनसम्बन्धी जानकारी गराइएको थियो। कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाअनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्णरूपमा लागू गराउन सूचक संस्थाहरूले गोएएमएलमा आबद्ध हुनुपर्नेलगायतबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा रहेका सबै मर्चेण्ट बैंकरहरूबाट प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रकाशित: १८ साउन २०८० १९:४३
प्रतिक्रिया