काठमाडौँ- बाढीले बगाउँदा सामाखुसीबाट बेपत्ता बालकको शव फेला परेको छ। साउन ७ गते बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगरको शव ११ दिनपछि आज बिहीबार दक्षिणकाली नगरपालिका-७ स्थित बागमती नदीको किनारमा भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
साजन भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्थे। प्रहरीले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ। मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले खोजी जारी राखेका थिए। साउन ७ गते अपराह्न ४:३० बजे फुटसल खेल्न गएका उनी नालीमा खसेर बेपत्ता भएका थिए। उनीसँगै गएका साथीले उनी बाढीमा बेपत्ता भएको खबर गरेका थिए।
प्रकाशित: १८ साउन २०८० १९:०२
प्रतिक्रिया