काठमाडौँ- गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजीले सुन काण्ड प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा बाहिर ल्याइएको बताएका छन्।
उनले नेकपा माओवादी केन्द्रको बैठकमा बोल्दै सुन प्रकरणमा नाम जोडिए पार्टी भित्रकै नेतालाई पनि कारवाही गर्ने बताए।
उनले यसअघिका प्रकरणमा सरकारले राम्रो काम गरेको तर प्रचार नपाएको गुनासो पोखे। ‘हाम्रा साथीहरू स्टाटस पनि लेख्दैनन्। सरकारको प्रचार नै छैन।’
श्रेष्ठलाई उदृत गर्दै माओवादीका एक नेताले भने,‘समस्याका बारेमा लेखिएको छ। तर पार्टीका जिम्मेवार नेताबाटै प्रचार भएन।’
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकारको कामको प्रचार गरिरहेको बताए। महराले भने सुन प्रकरणको विषयबारे नबोलेको माओवादीका एक नेताले बताए।
उनले प्रचण्डको कार्यशैली सही भएको बताएका थिए। महरा आफै सुन तस्करीमा जोडिएको आरोप लागिरहेको छ।
महरा र उनका छोरा राहुलले ९ किलो नेपाल भित्र्याउन चिनियाँ व्यक्तिसँग कुराकानी गरेको कुरा बाहिरिएको छ। तर उनीमाथि अनुसन्धान नभएको भन्दै गृहमन्त्रीको विरोध भइरहेको छ।
आज बिहान मात्रै पनि महराले आफू सुन प्रकरणमा संलग्न नभएको भन्दै प्रस्टीकरण दिएका थिए। यद्यपि, शंकाको घेरामा भने छन्।
माओवादीको बैठक जारी छ।