रुकुम पश्‍चिममा आँखा पाक्ने रोगको प्रकोप

हिमाल प्रेस १८ साउन २०८० १३:४६
12
SHARES
रुकुम पश्‍चिममा आँखा पाक्ने रोगको प्रकोप फाइल तस्बिर।

रुकुम पश्चिम– रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन्। आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्दै गएको छ।

केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिक रूपमा २२ जना आउने गरेको जानकारी दिए।

उनका अनुसार यस्ता बिरामीमध्ये बालबालिका धेरै रहेका छन्। ‘बालबालिकामा आँखा पाक्ने समस्या धेरै देखिएको छ,’ उनले भने।

आँखा रातो हुने, चिलाउने, ज्वरो आउने, समस्या देखिने गरेको प्रमुख केसीले जानकारी दिए।

संक्रमणबाट जोगिनका लागि संक्रमित व्यक्तिको नजिक नबस्न, भिडभाडमा नजान, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओछ्यान प्रयोग नगर्न केन्द्रले आग्रह गरेको छ।

औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ। अनावश्यक रूपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन पनि प्रमुख केसीले सुझाव दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =