एमालेको अवरोध पछि साउन २२ सम्मलाई सर्‍यो राष्ट्रियसभा बैठक

हिमाल प्रेस १८ साउन २०८० १३:३५
6
SHARES
एमालेको अवरोध पछि साउन २२ सम्मलाई सर्‍यो राष्ट्रियसभा बैठक फाइल तस्बिर।

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ।

एमाले सांसदहरूले निरन्तर उठेर अवरोध जारी राखेपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।

बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाअध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए।

सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए।

उनले बोलिसक्नासाथ एमालेका सांसदहरूले उठेर सदनमा विरोध जनाएका थिए। सभाध्यक्ष तिमिल्सिनाले एमाले सांसदहरूलाई पटक पटक बस्न आग्रह गरे पनि उनीहरू बसेनन्।

 

प्रकाशित: १८ साउन २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =