एमालेले आज पनि राष्ट्रियसभा बैठक चल्न नदिने

हिमाल प्रेस १८ साउन २०८० १२:२०
4
SHARES
एमालेले आज पनि राष्ट्रियसभा बैठक चल्न नदिने फाइल तस्बिर।

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बिहीबार) बस्ने राष्ट्रियसभा बैठक चल्न नदिने तयारी गरेको छ।

एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आज दिउँसो १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक चल्न नदिने भएको हो।

एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान लिएको छ। यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनले बताए।

एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो। प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि तोकिएको छ।

प्रकाशित: १८ साउन २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =