काठमाडौँ- कोशी प्रदेशमा तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति भएको छ।
मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्नेछन्। उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हो।
सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको हो।
आज बिहान ११ बजे शपथको तयारी गरिएको थियो। तर पूर्वमन्त्री जीवन आचार्यले मन्त्री बन्ने आकांक्षा देखाएपछि सहमति तोडिएको थियो। आचार्य एकाएकपछि हटेपछि पूर्वसहमति अनुसार नै गौतम मन्त्री बन्न लागेका हुन्।
पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको उनले बताए।