काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय पर्यटन विधेयक बनाउने तयारी थालेको छ। यसका लागि पर्यटन क्षेत्रमा संलग्न व्यवसायी, पेशागत संघसंस्थाहरू, विज्ञहरू र अनुसन्धानकर्ता लगायतसँग मन्त्रालयले राय सुझाव मागेको छ।
बुधबार मन्त्रालयले एक सूचना जारी गर्दे ३० दिनभित्र राजसुझाव पठाउन अनुरोध गरेको छ। मन्त्रिपरिषदबाट गत असार २६ गते संघीय पर्यटन विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि मन्त्रालयले विधेयक बनाउन प्रक्रिया सुरु गरेको हो। २०३५ सालमा बनेको पर्यटन ऐनलाई परिमार्जन गर्नुपर्ने देखिएको सुझाव मागिएको बताइएको छ। समय सापेक्ष ऐन बनाउन लागिएको हो।
प्रकाशित: १७ साउन २०८० १६:२३
प्रतिक्रिया