काठमाडौँ– कानुन व्यवसायी भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। टेलिभिजन अन्तर्वार्तामा पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्।
उनीविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो। पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए।
उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए। भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए।
पाण्डेलाई पक्राउको माग गर्दै जनजाती सम्बद्ध संघसंस्थाको नेतृत्वमा आज काठमाडौँ प्रहरी परिसरमा प्रदर्शन पनि भएको थियो।
विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी