अब माओवादी केन्द्रीय समिति ६०७ सदस्यीय

हिमाल प्रेस १७ साउन २०८० १२:३१
8
SHARES
अब माओवादी केन्द्रीय समिति ६०७ सदस्यीय

काठमाडौँ- पार्टीमा समावशिता देखाउन नेकपा माओवादीले विधान संशोधन गरेर केन्द्रीय समितिमा सदस्य थप्ने भएको छ।

माओवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सदस्यीय छ। तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी थपेर ३८५ बनाएका थिए। माओवादीले अब केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउन लागेको छ। त्यसपछि केन्द्रीय कमिटी ४०९ जनाको हुनेछ। यसबाहेक वैकल्पिक सदस्यहरू १९८ जना रहनेछन्।

‘समावेशी बनाउनुपर्ने कुरा उठेकाले विधान संशोधन गरेर सदस्य थप्दैछौँ,’ माओवादी सचिव गणेश साहले हिमाल प्रेससँग भने,‘अध्यक्षज्यूको प्रतिवेदनमा ३५ प्रतिशत पुर्‍याउने लेखेका कारण सदस्य थप्नुपरेको हो।’

बुधबार बिहान पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सोही निर्णय गरेको हो। त्यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस हुँदैछ।

केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरूलाई केन्द्रीय समितिमा समावेश गर्ने साहले जानकारी दिए। माओवादी केन्द्रको ५ दिने केन्द्रीय समिति बैठक बुधबार प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ।

प्रकाशित: १७ साउन २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast