आर्सेन टम्स्कीको ‘इन ड्राइभर, साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक

हिमाल प्रेस १६ साउन २०८० १६:१६
18
SHARES
आर्सेन टम्स्कीको ‘इन ड्राइभर, साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक

काठमाडौँ– इन ड्राइभरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीको पुस्तक ‘इन ड्राइभर, साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ।

अंग्रेजी, स्पेनिस, पोर्चुगिजपछि टम्स्कीको पुस्तक नेपाली भाषामा सार्वजनिक भएको हो। पुस्तक सार्वजनिक गर्दै संस्थापक टम्स्कीले आफ्नो व्यावसायिक अनुभव विभिन्न देश र भाषाका पाठकसँग साट्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘इन ड्राइभर मेरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो। यसको बारेमा अनुभव बाँड्न पाउनु मेरो लागि असाध्यै गर्वको विषय हो।’

पुस्तकमा टम्स्कीको साइबेरियाको कठोर जीवनदेखि व्यावसायिक यात्राको फड्कोसम्म समटेको छ। पूर्वी साइबेरियाको दुर्गम गाउँमा जन्मिएका टम्स्कीले अथाह मिहिनेत, लगनशीलता र दृढ विचारले गर्दा यो उचाइँ चुमेको पुस्तकमा उल्लेख गरिएको छ।

टम्स्कीले खोलेको इन ड्राइभरले ४० देशमा सेवा दिइरहेको छ। यसले यातायात, ढुवानी, कुरियरजस्ता सेवा दिँदै आएको छ।

प्रकाशित: १६ साउन २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast