संसद्‌ बैठक साउन २२ गतेसम्म स्थगित

हिमाल प्रेस १६ साउन २०८० १५:०१
20
SHARES
संसद्‌ बैठक साउन २२ गतेसम्म स्थगित फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ।

उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने एमालेको अडान छ। बैठक सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल र सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल पनि गरेका थिए।

मंगलबार (आज) पनि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर छलफल गरेका थिए।

उक्त छलफलमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान यथावत् राखेको थियो। यद्यपि सहमति जुट्न नसक्दा सभामुख घिमिरेले बैठक एक हप्ताका लागि स्थगित गराएका छन्।

 

प्रकाशित: १६ साउन २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast