सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न सांसद पौडेलको माग

हिमाल प्रेस १६ साउन २०८० १३:०८
8
SHARES
सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न सांसद पौडेलको माग

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन्। आज प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुसी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराए।

चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुसी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्ने पौडेलले जोड दिए। ढलको उचित व्यवस्थापन गरेर विष्णुमतिमा पानी पुर्‍याए सामाखुसी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सहिने उनको भनाइ थियो।

जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरी पानी विष्णुमतिमा पुर्याउने काम भइरहेपनि असार पछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएपछि त्यसतर्फ धयान नपुगेकोमा उनले गुनासो गरे।

बाटोनै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिँडेदाहिँड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसर्द पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तिव्रता दिन पनि सरोकारवालाको ध्यानाकर्षण गराए। चक्रपथ विस्तारको योजना भौतिक योजना मन्त्रालयसँग जोडिएको भन्दे पौडेलले तत्काल सडकमा राखिएका ढल व्यवस्थापन गर्न माग गरे।

‘खाल्डो खनेर हिम पाइप ढल बग्ने गरी अस्थायी रुपमा राख्ने वयवस्थापन ततकाल गरीयोस्,’ पौडेलले भने,’बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतीपूर्ति दिइयोस्। म यहि अनुरोध गर्न चाहन्छु।’

प्रकाशित: १६ साउन २०८० १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast