महिला टी २० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा

हिमाल प्रेस १६ साउन २०८० १२:१९
12
SHARES
महिला टी २० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी २० विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा भएको छ।  क्यानले मंगलबार रुबिना क्षेत्रीको नेतृत्वमा २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो।

विश्वकपको एसिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ। एसिया छनोटमा १२ देशले भाग लिँदैछन्। जसमा नेपाल समूह ‘ए’मा रहेको छ। समूह ‘ए’मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

समूह ‘बी”मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन्। दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन्।

नेपाली टिमः रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, नेरी थापा, सरस्वती चौधरी र ज्योती पाण्डे ।

 

प्रकाशित: १६ साउन २०८० १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =