काठमाडौँ- विभिन्न माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीले डोजरसहित बालुवाटारमा प्रदर्शन गरेका छन्।
निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा डोजरसहित प्रदर्शन गरेका हुन्।
अत्यधिक र अप्रत्याशितरूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने महासंघको माग छ।
उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने उनीहरूको माग छ।
प्रकाशित: १६ साउन २०८० ११:५०
प्रतिक्रिया