७१ लाखमा बन्यो सिँचाइ आयोजना, चितवनका ६ गाउँ लाभान्वित

हिमाल प्रेस १२ भदौ २०८० १५:१२ | Tuesday, August 29, 2023
७१ लाखमा बन्यो सिँचाइ आयोजना, चितवनका ६ गाउँ लाभान्वित

भरतपुर– चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ। महानगरपालिकाको ७१ लाख रुपैयाँको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।

प्रमुख दाहालले सिँचाइ सुविधा पुगेपछि उत्पादकत्व बढ्ने बताइन्। ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ। सबै क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन महानगरपालिका लागिपरेको छ,’ उनले भनिन्। महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ। पाँच वर्षको अवधिमा करिब ७ हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको दाहालको भनाइ छ।

भर्लाङ सिँचाइ आयोजनाका इन्जिनियर विजयराज न्यौपानेले सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएको जानकारी दिए। मुख्य पाइपलाइन विस्तारमा ४३ लाख, ट्यांकी निर्माणमा २० लाख र शाखा पाइपलाइन विस्तारमा ८ लाख खर्च भएको छ।

प्रकाशित: १२ भदौ २०८० १५:१२ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast