काठमाडौँ- मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ। पदस्थापन भएको ४ महिनामा नै एआईजीहरू सरुवा भएका हुन्।
उपत्यका प्रहरी कार्यालयमा एआईजी दीपक थापालाई ल्याइएको छ। थापा यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेक प्रसाद राईलाई सरुवा गरिएको छ।
यसअघि ज्ञवाली उपत्यका प्रहरी कार्यालय, टेकप्रसाद राई प्रशिक्षण प्रतिष्ठान, मिरा चौधरी कार्य विभाग र सन्दीप भण्डारी मानवश्रोत विकास विभागमा कार्यरत थिए।
                            प्रकाशित: २ भदौ  २०८० १०:५६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

