५ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

हिमाल प्रेस २५ साउन २०८० १५:२३ | Thursday, August 10, 2023
५ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ५.१३ अंकले बढेको छ। २०५९ बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढावसका बीच बढेर २०६६ बिन्दुमा उक्लिएको हो।

आज ९ कम्पनीको मूल्य स्थिर रह्यो। १०८ कम्पनीको घटेको छ भने १०५ कम्पनीको मूल्य बढेको छ। बिहीबार ५५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ७.५० प्रतिशत, स्वेत गंगा हाइड्रोपावरको ६.५५ र नबिल इक्युटी फन्डको ५.६७ प्रतिशतले बढेको छ।

कारोबार रकमका हिसाबले सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको भएको छ। यसको १६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज होटल तथा पर्यटन उपसमूहको सूचक २.६७, निर्जीवन बिमाको १.२५ र व्यापार उपसमूहको सूचक १.१० प्रतिशतले बढेको छ।

प्रकाशित: २५ साउन २०८० १५:२३ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast