१३ अंकले घट्यो बजार, परिसूचक २००० मुनि

हिमाल प्रेस ४ भदौ २०८० १५:२७ | Monday, August 21, 2023
१३ अंकले घट्यो बजार, परिसूचक २००० मुनि

काठमाडौँ- सोमबार सेयर बजार परिसूचक (नेप्से) १२.९३ अंकले घटेको छ। २०१२.४६ बिन्दुबाट सुरु भएको बजार १२ः४५ बजे २०२० बिन्दुमा उक्लिएको थियो। त्यसपछि लगातार घट्दै १९९८ बिन्दुमा आएर कारोबार बन्द भएको छ।

आज १७१ कम्पनीको सेयर मूल्य घट्दा ४८ कम्पनीको मूल्य सामान्य अंकले बढ्यो। ७ कम्पनीको मूल्य भने स्थिर रह्यो। सोमबार लक्ष्मी लघुवित्त वित्तीय संस्था र खुथेलीबुखरी स्मल हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।

खुथेलीबुखरीको सेयर आजदेखि दोस्रो बजारमा कारोबार हुन थालेको हो। कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कारोबार भएको छ।

आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख रुपैयाँको कारोबार भयो। सोमबारको सेयर बजारमा कुल १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: ४ भदौ २०८० १५:२७ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast