१० गतेदेखि रोयल इन्फिल्डको ‘एक्सचेञ्ज’ मेला

हिमाल प्रेस ७ भदौ २०८० १६:१५ | Thursday, August 24, 2023
१० गतेदेखि रोयल इन्फिल्डको ‘एक्सचेञ्ज’ मेला

काठमाडौँ- नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले ‘एक्सचेञ्ज’ मेला आयोजना गर्ने भएको छ।

भदौ १० गतेदेखि हुने मेला देशभरका शोरुममा १५ गतेसम्म चल्ने छ। यो अवधिभर जुनसुकै ब्रान्डको मोटरसाइकलसँग रोयल इन्फिल्डको मोटरसाइकल साटफेर गर्न सकिने छ।

मेलामा ‘स्पट एक्सचेञ्ज’, पुरानो बाइकको उच्च मूल्यांकन र ‘स्पट फाइनान्स’को सुविधा हुने कम्पनीले जानकारी गराएको छ।

अल्फा अटोमोटिभले रोयल इन्फिल्डका क्लासिक ३५० सीसी र स्क्राम ४११ सीसी मोडलका मोटरसाइकल बिक्री गर्दै आइरहेको छ।

प्रकाशित: ७ भदौ २०८० १६:१५ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast