१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

हिमाल प्रेस २६ साउन २०८० १२:५८ | Friday, August 11, 2023
१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले ८ बर्से अवधिको विकास ऋणपत्र बिक्री गर्न लागेको हो। विकास ऋणपत्र, २०८८ साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउन २९ गते निष्काशन हुनेछ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संस्था तथा आमनागरिकले खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइनेछ।

८ वर्षपछि २०८८ साउन २९ गते साँवा भुक्तानी हुने विकास ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुने राष्ट्र बैंकले उल्लेख गरेको छ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ।

प्रकाशित: २६ साउन २०८० १२:५८ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast