हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको सुन यसरी निकालियो [फोटो फिचर]

दिपेश श्रेष्ठ २९ साउन २०८० १४:११ | Monday, August 14, 2023
हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको सुन यसरी निकालियो [फोटो फिचर] बरामद भएको सुन निकालिँदै।

काठमाडौँ- हङकङबाट गाडीको ब्रेक सुमा राखेर तस्करी गरी ल्याइएको सुन ब्रेक सुबाट निकाल्ने काम गरिएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक सुभित्रको सुन निकालिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले महाशाखालाई पत्र लेखेर सुन जोख्न भनेसँगै महाशाखामा जोख्न थालिएको हो। सीआईबीले जोख्नका लागि भन्दै साउन ४ गते सुन महाशाखा पुर्‍याइएको थियो।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक सु बरामद गरेको थियो। ब्रेकसुबाट छुटाएर गालिए पछि सुन के कति मात्रामा छ एकिन हुने छ।

प्रकाशित: २९ साउन २०८० १४:११ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast