स्वतन्त्रता दिवसमा पाकिस्तानी राजदूतावासको ‘रिसेप्सन’

हिमाल प्रेस २६ साउन २०८० ११:५३ | Friday, August 11, 2023
स्वतन्त्रता दिवसमा पाकिस्तानी राजदूतावासको ‘रिसेप्सन’

काठमाडौँ-  ७६औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि पाकिस्तानी राजदूतावासले काठमाडौँमा ‘रिसेप्सन’को आयोजना गरेको छ।

होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिको रूपमा सहभागी थिए।

उनका साथै नागरिक समाज, बुद्धिजिवी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतको उपस्थिति रहेको राजदूतावासले जानकारी दिएको छ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हासमीले नेपाल पाकिस्तानबीच परम्परागतरूपमै बलियो सम्बन्ध रहेको बताए।

उनले भने, ‘नजिकको मित्र र सहकर्मी जस्तो दुई देशबीचको सम्बन्ध छ, यसलाई आर्थिक, सामाजिक, सांस्कृतिकलगायत माध्यमबाट थप बृहत बनाउन दुवै मुलुक लाग्नुपर्छ।’

 

प्रकाशित: २६ साउन २०८० ११:५३ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast