सुन तस्करी रोकिएन, कर लगाएर आयात खोलौँ : शेरबहादुर देउवा

हिमाल प्रेस २९ साउन २०८० १४:४५ | Monday, August 14, 2023
सुन तस्करी रोकिएन, कर लगाएर आयात खोलौँ : शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर लगाएर आयात खोल्न पर्ने बताएका छन्। कांग्रेस संसदीय दलको बैठकमा देउवाले कर तिरेर सुनको आयात खुलाउनुपर्ने धारणा राखेका हुन्।

‘वर्षौंदेखि सुन तस्करी हुने गरेको छ। रोक्न सकिएको छैन,’ देउवाले भने, ‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ, नत्र यो समस्या जहिले पनि रहिरहने भयो।’

सुन तस्करी नियन्त्रण गर्न अर्थमन्त्री र उनी मातहतको भन्सार विभाग असफल भएको आरोप लाग्ने गरेको छ। अहिले अर्थमन्त्री नेपाली कांग्रेसकै सांसद प्रकाशशरण महत छन्। हाल नेपाल राष्ट्र बैंकले एक दिनमा १० किलो सुन मात्र बजारमा पठाउने गरेको छ। व्यापारीहरूले यति सुनले नपुग्ने बताउँदै आएका छन्।

प्रकाशित: २९ साउन २०८० १४:४५ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast