सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ

हिमाल प्रेस ३१ साउन २०८० १६:२० | Wednesday, August 16, 2023
सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ बरामद भएको सुन निकालिँदै।

काठमाडौँ- ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। साउन ३ गते बरामद भएको ६० केजी ७१६ ग्राम सुन बरामद प्रकरणमा आज चारजना चिनियाँलाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले चारै जनालाई सीआईबीको टोलीले काठमाडौँबाट पक्राउ गरेको जानकारी दिए।

उनीहरूलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदातलमा उपस्थित गराइएको छ। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले अनुसन्धानका लागि अदालतमा पाँच दिनको म्याद थप गर्न माग गरेको छ। यसअघि यही प्रकरणमा १७ जना पक्राउ परिसकेका छन्। तस्करले हङकङबाट सुन ल्याउँदा गाडीको ब्रेक सुमा राखेर ल्याएका थिए।

तस्करीको ६० किलो बढी सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्ने तथा पगाल्ने काम पनि सकिएको छ। अब उक्त सुनको गुणस्तर परीक्षण गर्न भने बाँकी छ।

प्रकाशित: ३१ साउन २०८० १६:२० | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast