सुनिल शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोध साँध्यो : चन्द्र भण्डारी

हिमाल प्रेस २६ साउन २०८० १४:५१ | Friday, August 11, 2023
सुनिल शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोध साँध्यो : चन्द्र भण्डारी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले आफ्नै पार्टीका अर्का सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोषपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। आज शुक्रबार कांग्रेसको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएका हुन्।

‘जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन। सुनिल शर्मालाई थुन्नुपर्छ भन्ने छैन। मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु। तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन्। बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो’भण्डारीले भने।

उनले ललिता निवास प्रकरणको उदाहरण दिँदै सुनिल शर्मालाई पक्राउ गर्नु गलत भएको दाबी गरे। ‘कसैले सरकारी जग्गा आफ्नो नाममा सारेर फिर्ता गर्दा पनि उन्मुक्ति पाउने। कांग्रेस नेतासमेत रहेका भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदा हुँदै सकिइसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए।

‘नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन। सुनिल शर्माले बोलेको कसैलाई नपचेको होला नि’, उनले भने, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने। सुनिल शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन?’

प्रकाशित: २६ साउन २०८० १४:५१ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast