सुनकाण्डमा जोकोही संलग्न रहे पनि कठघरामा ल्याउनुपर्छ : विश्वप्रकाश शर्मा

हिमाल प्रेस ११ भदौ २०८० १८:४५ | Monday, August 28, 2023
सुनकाण्डमा जोकोही संलग्न रहे पनि कठघरामा ल्याउनुपर्छ : विश्वप्रकाश शर्मा विश्वप्रकाश शर्मा

पाल्पा- नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

पाल्पाको रामपुरमा आज (सोमबार) नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री शर्माले सुनकाण्डमा जोकोही संलग्न रहे पनि कानुनी कठघरामा ल्याउनुपर्ने र त्यसको लागि कांग्रेसले दलको आडमा कसैलाई ढाकछोप गर्न लागेमा उम्कन नदिने बताएका हुन्।

सुनकाण्डका विषयमा अहिले सीआईबीले छानबिन गरिरहेको बताउँदै उनले जात, धर्म, ठूलो, साना व्यक्ति भनेर कसैलाई छुट नरहेको, छानबिनको क्रममा रहेकाले यस कार्यमा कोको संलग्न छन् एवं कसरी भित्रिरहेको छ भन्ने यी सबै कुराको अध्ययन गरेर प्रतिवेदन बनाएर आवश्यक छानबिन गर्नुपर्ने स्पष्ट पारे।

कानुनविपरीत कार्य गर्नेलाई कुनै पनि राजनीतिक दलले शक्ति र सत्ताको आडमा ढाकछोप गर्न नहुने, दल आफैँले बनाएको कानुन पालना गरेर भ्रष्टाचार, बेथितिविरुद्ध सबै दल एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ। धरानमा भएको गौहत्या काण्ड गम्भीर रहेकाले धर्म निरपेक्षता रहेको देशमा कसैले पनि एकले अर्को जात, सम्प्रदायबीच खलल पुग्ने कार्य गर्न नहुने महामन्त्री शर्मा बताउँछन्। रासस

प्रकाशित: ११ भदौ २०८० १८:४५ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast