सुदूरपश्चिम विपत् : १५ सय परिवार विस्थापित

हिमाल प्रेस २५ साउन २०८० २१:०७ | Thursday, August 10, 2023
सुदूरपश्चिम विपत् : १५ सय परिवार विस्थापित

धनगढी- सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ३७ परिवार विस्थापित भएका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्राकृतिक विपद्‍बाट उक्त संख्यामा परिवार विस्थापित भएका हुन्।

प्रदेश सरकारको तथ्यांकअनुसार बिहीबारसम्म प्रदेशका ३ हजार ४ सय १ परिवार प्रभावित भएका छन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ।

सुदूरपश्चिमका कुल ४९७ घरमा क्षति भएको छ। त्यसमध्ये १६ वटा घरमा पूर्ण क्षति भएको छ भने ४८१ घरहरूमा आंशिक क्षति भएको प्रदेश सरकारले जनाएको छ। सुदूरपश्चिममा बाढी, पहिरो र डुबानका कारण नागरिक प्रभावित भएका हुन्।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङलगायतका विपतबाट ८५ जनाको ज्यान गएको छ। ३४ पुरुष र ५१ जना महिलाको ज्यान गएको हो। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएको जनाइएको छ।

पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन्। हिमपहिरोमा परेर ९, बाढीमा ८, भूकम्पमा ७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, आगलागीमा ६, जनावर आतंकमा ६, सर्पदंशबाट ४ जनाले ज्यान गुमाएका छन्। हावाहुरी, भारी वर्षा र अन्य कारणले एक-एक जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: २५ साउन २०८० २१:०७ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast