सुदूरपश्चिम पृतनास्तरीय ट्रफी सुरु

हिमाल प्रेस ३ भदौ २०८० १०:३० | Sunday, August 20, 2023
सुदूरपश्चिम पृतनास्तरीय ट्रफी सुरु

धनगढी- नेपाली सेनाको सुदूरपश्चिम पृतनाले आयोजना गरेको ‘पृतनापति ट्रफी- २०८०’ सुरु भएको छ। शनिबार एक समारोहमा सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

आगामी भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफीमा भलिबल, फुटबल, बास्केट बल, स्वीमिङ, बक्सिङलगायत खेल समावेश छन्। प्रतियोगिता श्री नं ५ बाहिनी अड्डा र २५ नं बाहिनी अन्तर्गत सञ्चालन हुने छन्।

जसमध्ये भलिबल स्वीमिङ र बक्सिङ महेन्द्रनगरमा हुनेछन् भने बाँकी खेल तेघरी ब्यारेकमा हुने नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाले विगतदेखि नै उक्त ट्रफी आयोजना गर्दै आएको छ।

खेलाडीमा सामूहिक भावना ल्याउने उद्देश्यले ट्रफी आयोजना गरीएको सेनाको भनाइ छ। उद्घाटन समारोहमा पृतनापतिसहित ५ र २५ नं बाहिनिका बाहिनीपतिहरू, गणपति, गुल्मपति सैनिक अधिकृतहरूको सहभागिता थियो।

प्रकाशित: ३ भदौ २०८० १०:३० | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast