सीटीईभीटीको निःशुल्क प्रशिक्षण : प्रि-डिप्लोमा तहका लागि माग्यो १८५० जना

हिमाल प्रेस १३ भदौ २०८० ७:३० | Wednesday, August 30, 2023
सीटीईभीटीको निःशुल्क प्रशिक्षण : प्रि-डिप्लोमा तहका लागि माग्यो १८५० जना

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले औद्योगिक प्रशिक्षार्थी तालिमका लागि दरखास्त आह्वान गरेको छ। तालिम नि:शुल्क हुनेछ।

परिषद्ले प्रि-डिप्लोमा तहका लागि आवेदन मागेको हो। तालिम लिनका लागि एसईईमा न्यूनतम ई ग्रेड प्राप्त भएको हुनुपर्नेछ।

फाराम बुझाउने मिति असोज २ गतेसम्म तोकिएको छ भने प्रवेश परीक्षा असोज ६ गते हुनेछ। प्रदेश सरकार र संघीय सरकारमार्फत हुने कार्यक्रमका लागि कोशीमा ६२० जना, बागमतीमा ४६० र लुम्बिनी प्रदेशमा ४६० जना कोटाका लागि आवेदन माग गरिएको छ।

यस्तै नेपाल सरकारतर्फको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमका लागि कोशीमा ८०, मधेशमा ८०, गण्डकीमा ८० लुम्बिनीमा ७० जना कोटाका लागि आवेदन माग गरिएको परिषद्ले जनाएको छ।

प्रकाशित: १३ भदौ २०८० ७:३० | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast