 
                             
                                            काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले औद्योगिक प्रशिक्षार्थी तालिमका लागि दरखास्त आह्वान गरेको छ। तालिम नि:शुल्क हुनेछ।
परिषद्ले प्रि-डिप्लोमा तहका लागि आवेदन मागेको हो। तालिम लिनका लागि एसईईमा न्यूनतम ई ग्रेड प्राप्त भएको हुनुपर्नेछ।
फाराम बुझाउने मिति असोज २ गतेसम्म तोकिएको छ भने प्रवेश परीक्षा असोज ६ गते हुनेछ। प्रदेश सरकार र संघीय सरकारमार्फत हुने कार्यक्रमका लागि कोशीमा ६२० जना, बागमतीमा ४६० र लुम्बिनी प्रदेशमा ४६० जना कोटाका लागि आवेदन माग गरिएको छ।
यस्तै नेपाल सरकारतर्फको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमका लागि कोशीमा ८०, मधेशमा ८०, गण्डकीमा ८० लुम्बिनीमा ७० जना कोटाका लागि आवेदन माग गरिएको परिषद्ले जनाएको छ।
 
 
                            प्रकाशित: १३ भदौ  २०८० ७:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![नातावाद र राजनीतिबाट मुक्त हुन सकेन सीटीईभीटी : सदस्य सचिव महेश भट्टराई [भिडिओसहित]](https://himalpress.com/wp-content/uploads/2024/01/Mahesh-Bhattarai.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 