 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरलाई आजदेखि उडान गर्न रोक लगाएको छ।
बक्यौता रकम नतिरेका कारण प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो।
प्राधिकरणका अनुसार सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ।
बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।
                            प्रकाशित: २६ साउन  २०८० ७:४३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 