सिम्रिक एयरका हेलिकप्टरलाई आजदेखि उडानमा रोक

हिमाल प्रेस २६ साउन २०८० ७:४३ | Friday, August 11, 2023
सिम्रिक एयरका हेलिकप्टरलाई आजदेखि उडानमा रोक फाइल तस्बिर

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरलाई आजदेखि उडान गर्न रोक लगाएको छ।

बक्यौता रकम नतिरेका कारण प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो।

प्राधिकरणका अनुसार सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ।

बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

प्रकाशित: २६ साउन २०८० ७:४३ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast